सुदूरपश्चिम प्रदेश

कैलालीमा १० लाखभन्दा बढी मूल्यको अवैध औषधीसहित दुई जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी,१० भदौ ।  सशस्त्र प्रहरी बल नेपाल नं.३४ गण कैलालीले १० लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध औषधीसहित दुई जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीले धनगढी उप–महानगरपालिका–७ मोतिचोक क्षेत्रमा सोमबार दिउँसो भारतबाट भन्सार छली ल्याइँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

बिज्ञापन

पक्राउ पर्नेमा कैलारी गाउँपालिका–५ पवेराका ३० वर्षीय मनोज कुमार चौधरी र गौरीगंगा नगरपालिका–१० उदासीपुरका २६ वर्षीय खेमराज चौधरी रहेका छन्। उनीहरूबाट औषधीसहित एक वटा मोटरसाइकल समेत बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

बरामद गरिएको औषधीको मूल्य रु १० लाख ६५ हजार १८५ बराबर हुने बताइएको छ। पक्राउ परेका व्यक्तिसहित बरामद औषधी र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले कैलाली भन्सार कार्यालय धनगढीमा बुझाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।