राष्ट्रिय समाचार

स्वास्थ्यकर्मीमाथि यौन दुर्व्यवहार गर्न खोजेको आरोपमा तीन कर्मचारी पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

हुम्लाको ताजाकोट गाउँपालिकामा कार्यरत एक महिला स्वास्थ्यकर्मीमाथि यौन दुर्व्यवहार गर्न खोजेको आरोपमा तीनजना गाउँपालिकाका कर्मचारी पक्राउ परेका छन् ।

महिला स्वास्थ्यकर्मीमाथि यौन दुर्व्यवहार गर्नको आरोपमा ताजाकोट गाउँपालिका– ३, मैलास्थित स्वास्थ्य चौकी इन्चार्ज लीलाराज शर्मा, एम्बुलेन्सचालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा पक्राउ परेका हुन्। उनीहरूले मदिरा खाएर भदौ १० गते राति एउटा संस्थामा कार्यरत महिलालाई यौन दुर्व्यवहारको प्रयास गरेका थिए। 

बिज्ञापन

हुम्लाको ताजाकोट गाउँपालिकामा स्वास्थ्यसम्बन्धी काम गर्दै आएकी ती महिलाको कोठामा गएर अपशब्द बोलेका थिए। राति महिलाको कोठाका गएर अपशब्द बोल्दै यौन दुर्व्यवहार गर्न खोजे पनि आफू कार्यरत संस्थाको काठमाडौं कार्यालयमा राति फोन गरेकी थिइन्।

संस्थाको काठमाडौं कार्यालयले जिल्ला प्रहरी कार्यालय हुम्लालाई फोन गरेर घटनाका विषयमा जानकारी गराएपछि प्रहरीले यौन दुर्व्यवहार गर्न खोज्ने तीनैजनालाई प्रहरीले पक्राउ गरेको हो । 

१० भदौको राति करिब ११ बजेको समयमा महिला स्वास्थ्यकर्मीको कोठामा गई बन्धक बनाएर राखेको भन्ने सूचनाको आधारमा छप्रेला प्रहरी चौकीको टोलीले राति नै उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले बताए। ‘उहाँहरूलाई राति नै हामीले ल्याएका छौँ। पीडित महिलाको बयान अनुसार मुद्दा दर्ता गरेर म्याद थपका लागि जिल्ला अदालतमा लैजान्छौँ,’ उनले भने, ‘उनीहरू तीनैजनाले मादक पदार्थ सेवन गरेको पुष्टि भएको छ। बाँकी कुरा अनुसन्धानबाट खुल्नेछ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।