राजनीति

जाग नेपालले सुरु गर्‍याे अनिश्चितकालीन आन्दोलन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेपालको देवनागरी लिपि नामेट पार्ने गरी इम्बोस्ड नम्बर प्लेट लाद्ने सरकारको निर्णयविरुद्ध ‘जाग नेपाली’ले सडक आन्दोलन सुरु गरेको छ। बुधबार जाग नेपालीले नयाँ बानेश्वरमा धर्ना तथा विरोधको कार्यक्रम गरेको हो।

कार्यक्रममा जाग नेपालीले सातबुँदे माग सार्वजनिक गरेको छ। मागहरूमा रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट खारेज गर्नुपर्ने, देवनागरी लिपिमा सवारी नम्बर प्लेट राख्ने निर्णय लिनुपर्ने, भौतिकमन्त्री देवेन्द्र दाहालको राजीनामालगायत छन्।

बिज्ञापन

जाग नेपालीका संयोजक डा. दीपेश केसीले इम्बोस्ड नम्बर प्लेट खारेज गरी देवनागरी लिपिको नम्बर प्लेट सुनिश्चित नगरेसम्म आन्दोलन नरोकिने बताए। उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल कमिसनको खेलमा लागेर इम्बोस्ड नम्बर प्लेट लाद्न उत्रिएको भन्दै नैतिकताका आधारमा राजीनामाको माग गरे।

सत्य र न्याय खोजी अभियानका संयोजक वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले इम्बोस्ड नम्बर प्लेटमा व्यापक भ्रष्टाचार र दोहन भएकोले जिम्मेवार व्यक्तिहरूमाथि कडा कारबाही हुनुपर्ने बताए। उनले देश र जनतामाथिको दोहन चुपचाप सहन नहुने भन्दै आन्दोलनमा उत्रन आह्वान गरे।

नेपाल स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदीले सरकारले नै भ्रम सिर्जना गरेर इम्बोस्ड नम्बर प्लेट जबर्जस्ती राख्न बाध्य पारिरहेको बताए। उनले नेपाली भाषाको देवनागरी लिपि मेट्नेदेखि सुरक्षाका दृष्टिले संवेदनशील इम्बोस्ड नम्बर प्लेट खारेज हुनैपर्ने बताए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।