राष्ट्रिय समाचार

आशिका तामाङलाई ५ दिन कैद, ५ सय रूपैयाँ जरिबानाको फैसला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङलाई जिल्ला अदालत भक्तपुरले ५ दिन कैद सजाय र ५ सय रुपैयाँ जरिबानाको फैसला सुनाएको छ । भक्तपुरको साँगास्थित झोलुंगे पुल तर्न शुल्क असुलिएको विरोध गर्दा उनीविरुद्ध मुद्दा परेको थियो ।

आशिकाले शुल्कको विरोध गर्दै रसिद बुक च्यातिदिएकी थिइन् । आज विश्वनाथ भट्टराईको इजलासले उनलाई कैद र जरिबानाको सजाय गरेको अदालतकी प्रवक्ता हीराकुमारी भण्डारीले जानकारी दिइन् ।

बिज्ञापन

भण्डारीका अनुसार ८ हजार ३ सय रूपैयाँ जाहेरवालालाई क्षतिपूर्ति पनि फैसला भएको छ । यस्तै, पीडित राहतकोषमा दुई-दुई सय बुझाउनुपर्ने उनले बताइन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।