अनौठो

सल्यानको बागचौर गाउँभरि सेतो भैँसीको चर्चा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सल्यान  । सामान्यतया भैँसीको कालो रङ हुन्छ, तर सल्यानको बागचौर नगरपालिका–३ का वडा अध्यक्ष भीम प्रकाश भण्डारीको घरमा सेतो भैँसी पालिएपछि गाउँभरि चर्चा हुन थालेको छ । 

स्थानीयवासीहरूका अनुसार सेतो भँंसी देखिनु अनौठो भन्दै हेर्न आउनेहरू बढेका छन् । 

बिज्ञापन

‘सेतो भैँसी बिरलै पाइने भएकाले यसलाई  संरक्षण गरेर पाल्दै आएको छु । ३ वर्षको भयो हेर्न आउने मानिस छक्क पर्छन् ।’ अध्यक्ष भण्डारीले भन्नुभयो । 
केही बिज्ञहरूले यो दुर्लभ भए पनि असम्भव नभएको बताएको पनि उहाँको भनाइ छ । 

यदि दीर्घकालीन रूपमा यस्तो सेतो भैँसी देखियो भने, कृषि/पशुपालन विभागले त्यसलाई विशेष जातीय पहिचान गरेर अनुसन्धान गर्न सक्ने सम्भावना हुने कतिपयको भनाइ छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।