घटना

समाजको कठोर विभेदका कारण दुई प्रेमी आत्माको अकालमा मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

गौर, १३ भदौं । समाजको कठोर विभेदका कारण दुई प्रेमी आत्माको अकालमा मृत्यु भएको छ । समाजको कठोर विभेद र गलत सोचका कारण दुई निर्दोष आत्माहरु– लक्ष्मण पासवान र रुबीकुमारी साह संसारमै रहन पाएनन् । तर, उनीहरूको प्रेम भने कहिल्यै मर्ने छैन । बाल्यकालदेखि नै सुरु भएको सम्बन्धले कानुनी बिवाहसम्म यात्रा गरेको थियो, तर समाजको दृष्टिमा उनीहरुको सम्बन्ध कहिल्यै सहज स्वीकार भएन ।
१४ वर्षअघि लक्ष्मणले रुबीलाई साथ लगेका थिए । त्यतिबेला उमेर नपुगेकी रुबीलाई परिवारले खोज्दा, अपहरणको मुद्दा दर्ता भयो । लक्ष्मणले प्रहरी हिरासतमा १७ दिन बिताए, रुबीलाई परिवारको जिम्मा लगाइयो । त्यसपछि पनि उनीहरु बीचको सम्बन्ध तोडिएन, तर परिस्थितिले फेरि फरक बाटो बनायो । रुबीको अर्को विवाह भयो, उनको एउटा सानो परिवार बनेको थियो । लक्ष्मण पनि वैदेशिक रोजगारीमा गएका थिए ।
समय बित्दै गयो । रुबीको अर्को विवाह भयो, एउटा परिवार बस्यो, एक सानो छोराको आमा बनिन् । लक्ष्मण विदेशतिर लागे । उनीहरु अलग जीवनमा भए पनि, मनको गहिराइमा भने पुरानो सम्बन्धको छायाँ टड्कारिनै रह्यो ।
तर, जब उनी फर्किए, पुराना भावनाहरुले फेरि मनमा हलचल ल्यायो । विद्यालय पढ्ने उमेरदेखि मनमा अडिएको प्रेमलाई उनले अन्तिम क्षणसम्म सम्झि रहे । उनले सामाजिक सञ्जालमा आफ्नो पीडा पोख्दा, धेरैले उनलाई प्रेममा पागल प्रेमीका रुपमा बुझ्ने प्रयास गरे । तर, वास्तविकता भने समाजले समयमै समाधान गर्न नसकेको द्वन्द्व थियो– एक अस्वीकारिएको सम्बन्ध, एक अपुरो कथा र एक असहज जीवन ।
आज उनीहरु दुबै हाम्रो बीचमा छैनन् । तर, यो घटना हामीलाई एउटा ठूलो प्रश्न सोधेर गएको छ– के प्रेम अझै पनि अपराध हो ? के समाजका नियम र पुराना सोचका कारण दुई जीवन यत्तिकै मेटिनुपर्ने हो ?
दुई आत्माको अन्तिम बिदाइसँगै हामीले बुझ्नुपर्छ– समाजमा प्रेमलाई अस्वीकार गरेर, विभेद र गलत सोचलाई जोगाएर कुनै भलाई हुँदैन । न्यायले आफ्नो बाटो अवश्य लिन्छ, तर प्रेमलाई अपराध जस्तो व्यवहार गर्ने प्रवृत्ति कहिल्यै न्याय संगत हुँदैन ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।