व्याक्ती बिशेष

१८ वर्षीया किशोरी टिकटकमा ‘अलबिदा’ लेखेर बुटवलबाट सम्पर्कविहीन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रुपन्देही । बुटवलबाट १८ वर्षे किशोरी टिकटकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएपछि उनको परिवार तनावमा परेका छन् । गुल्मीको धुर्कोट पिपलधारा घर भई हाल बुटवल बस्दै आएकी १८ वर्षीया रिता खनाल तीजको अर्को दिन ११ गते बुधबार बिहान ९ बजेदेखि सम्पर्कविहीन भएकी हुन् ।

उनी आफ्नी आमा मिना खत्रीसँग बुटवल ११ कालिकानगर लालीगुराँस पथमा विगत १ वर्षदेखि बस्दै आएकी थिइन् । आमा मिना रिताका बुबा नरिश्वर खनाललाई छाडेर अर्को बिहे गरेर बसेपनि अहिले छोरीले १२ कक्षाको पढाई सकेपछि थप पढाउन बुटवलमा बोलाएकी थिइन् ।

बिज्ञापन

घरबाट पिंक सुट र हरियो-सेतो आउटर लगाएर निस्किएकी रिता आजसम्म घर नफर्केको उनकी आमा मिना खत्रीको भनाइ छ ।

उनको खोजीका लागि अन्तिमपटकको लोकेसनका आधारमा बुटवल लक्ष्मीनगरको जंगलमा खोजी कार्य तीब्र पारिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिएसपी इन्द्र रानाले बताए ।

उनले आफ्नो टीकटक आइडी रिता खनाल सिक्समा अलबिदा लेखेर भिडियो पोष्ट गरेको देखिएपछि परिवारजन थप चिन्तामा परेको उनकी फूपू दिदी सरिता खत्रीले बताइन।

तीजको दिन हामीसँगै थियौं, उनी बाहिर गएर आउछु भनेर हिंडेको हुन्, पटक पटक फोन गरेपनि नआएपछि हामी हिंडेका हौं, पौने १२ बजेसम्म फोन उठाएको थिइन् तर ४ बजेपछि साथीहरुले टिकटक हेरेर यस्तो लेखेको छ भनेपछि चिन्ता बढ्यो’ उनले भनिन् ।

गुल्मी धुर्कोट पिपलधारा घर भएकी उनी आदर्श माविबाट कक्षा १२ पास गरेर बिगत १ वर्षदेखि बुटवलमा बस्दै आएकी थिइन् । उनका तीनवटा टीकटक आइडी फेला परेका छन् जसमा मुस्कान कान्छी, रिता खनाल र रिता खनाल सिक्स छन् ।

उनले आफ्नो केटासाथी गुल्मीकै युवराज खनालसँग प्रेममा रहेको आमा मिनाले बताइन् । दुई विवाह गरेकी उनकी आमा मिनाले उनलाई आफूसंगै बुटवल ल्याएकी थिइन् । उनको खोजी गरिदिन परिवारजनले अपील गरेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।