सुदूरपश्चिम प्रदेश

बैतडीमा पहिरोले घरमा पूर्ण क्षति, एकजना घाइते, १३ पशु मरे

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बैतडीः वर्षासँगै खसेको पहिरोका कारण बैतडीको सुर्नया गाउँपालिका–२ चौपातामा एक घर पुरिएको छ।

आइतवार अपराह्न घर माथिबाट खसेको पहिरोले स्थानीय गिरिस चन्दको दुईतले १२ कोठे घर पुरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले घर पुरिँदा ९० वर्षीया गोदावरी चन्द गम्भीर घाइते भएको जानकारी दिए। घरभित्र पुरिएकी उनको उद्धार गरी जिल्ला अस्पताल ल्याइएकामा यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा ‘रेफर’ गरिएको प्रवक्ता पाण्डेयले बताए।

बिज्ञापन

पहिराले घरको गोठमा रहेका १३ पशुसमेत पुरिएर मरेका छन्। चार गाई, एक गोरु, पाँच बाख्रा र तीन खसी पुरिएर मरेका हुन्। यसका साथै घरभित्र रहेका अन्य धनमाल, अन्नपात र लत्ताकपडा पनि पुरिएका प्रहरीले जनाएको छ। घरमा अन्य मान्छे नभएकाले थप मानवीय क्षति नभएको र लगातारको वर्षाले पहिरो र ढुङ्गा खसिरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।