राष्ट्रिय समाचार

धुलिखेल मालपोतका खरिदार भण्डारी दुई लाख घुससहित रंगेहात पक्राउ 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काभ्रेपलाञ्चोकको मालपोत कार्यालय धुलिखेलमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी दुई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्।

फिल्डबुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई कार्यालयपरिसरबाटै रंगेहात पक्राउ गरेको हो।

बिज्ञापन

भण्डारीले साबिक दोलालघाट गाविस– ७ मा रहेको फिल्डबुकमा दर्ता छुट भएको जग्गाहरू धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको सूचनापछि अख्तियारको टोली कार्यालय पुगेको थियो।

अख्तियारको टोलीले सेवाग्राहीबाट दुई लाख घुस लिइसकेको अवस्थामा भण्डारीलाई पक्राउ गरेको हो। नियन्त्रणमा लिएर उनीउपर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।