सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्क : पत्रकार महासंघ

नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व भएको प्रतिक्रिया दिएको छ।
पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व भएको बताएका हुन् ।


उनले भने, ‘नागरिकले सूचना आदान प्रदानको अत्यधिक प्रयोग गर्ने सामाजिक सञ्जाल बन्द गर्नु भनेको सूचना पाउने हकबाट वञ्चित हुनु हो। सहजीकरणको माध्यमबाट जानुपर्ने हो, बन्द गर्ने सरकारको निर्णय अपरिपक्व भयो।’
महासंघले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय सच्याउन सरकारसँग आग्रह गरेको छ । ‘डिजिटल नेटवर्कको सुविधा बन्द गर्न हुँदैन । सरकारले निर्णय फिर्ता लिनुपर्छ,’ उनले भने ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वी सुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.