राष्ट्रिय समाचार

सूचीकरणका लागि एक्स र विच्याट सम्पर्कमा आएको दाबी 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सञ्चार मन्त्रालयले एक्स र विच्याटले सूचीकृत हुन आवश्यक पर्ने कागजपत्रको जानकारी मागेको दाबी गरेको छ । एक्सले शुक्रबार सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरको इमेलमा सम्पर्क गर्दै आवश्यक प्रक्रियाबारे जानकारी मागेको हो । विच्याटले भने आधिकारिक इमेल मागेर सूचीकरण गराउने इच्छा व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सूचना अधिकारी रवीन्द्रप्रसाद पौडेलले एक्स र विच्याटले आफू सूचीकरण गराउन इच्छुक रहेको आशय व्यक्त गरेको दाबी गरे । उनले भने, ‘एक्सले आधिकारिक प्रक्रियाबाट सूचीकरणका लागि आवश्यक कागजातबारे जानकारी मागेको छ । त्यस्तै, विच्याटले पनि इमेल ठेगाना मागेको थियो । दुवैले सूचीकरण गर्न सकारात्मक रहेको आशय व्यक्त गरेका छन् ।’ 

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।