कैलालीमा लागूऔषध दुर्व्यसन भयावह : प्रयोगकर्तामध्ये ९२ प्रतिशत युवा

१८ भदौ, धनगढी । कैलाली कारागारमा एक जनाको मृत्यु र ४८ जना घाइते हुनेगरी २३ साउनको मध्यराति हिंसात्मक घटना भयो ।
ब्लक ‘ए’मा रहेका कैदीबन्दीले भित्ता फुटाएर राति करीब पौने १ बजेतिर ब्लक ‘बी’ का कैदीबन्दीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए ।

उक्त आक्रमणमा परेर धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भयो । चौधरी लागूऔषध मुद्दामै कैद सजाय भोगिरहेका थिए । घाइते मध्ये २९ जना लागूऔषध सम्बन्धी मुद्दाकै कैदी र थुनुवा थिए ।
हिंसात्मक घटनामा परेर घाइते हुने लागूऔषध सम्बन्धी मुद्दाका कैदीबन्दीको संख्या मात्र ६० प्रतिशत थियो । यो तथ्यांकले कैलाली कारागारमा लागूऔषध सम्बन्धी मुद्दाका कैदीबन्दीको संख्या अधिक छ भन्ने कुरा स्पष्ट देखाएको छ ।
कारागार प्रशासनकाअनुसार उक्त हिंसात्मक घटनापछि अन्यत्र स्थानान्तरण भएका बाहेक अहिले ६७७ जना कैदीबन्दीलाई राखिएको छ ।
जबकी कैलाली कारागारको क्षमता भने १५० जना मात्रै हो । कारागारमा राखिएका मध्ये करीब ४२ प्रतिशत कैदीबन्दी लागूऔषध सम्बन्धी मुद्दाका छन् ।
लागूऔषध सम्बन्धी मुद्दामा २८० जना कैदीबन्दी कारागारमा राखिएका छन् । उनीहरू मध्ये १८८ जना कैदी र ९२ जना थुनुवा रहेका छन् । अर्थात् कैलाली कारागारको क्षमताले भ्याउने भन्दा करीब दोब्बरले लागूऔषध सम्बन्धी मुद्दाका कैदीबन्दी कारागारमा राखिएका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
