‘असुरक्षा भएपछि छोड्यौँ’

नक्खु कारागारका प्रशासक सत्यराज जोशीले कारागारभित्र असुरक्षा बढेपछि जिल्ला सुरक्षा समितिको निर्णयानुसार नै लामिछानेलाई कारागार मुक्त गरिएको बताएका छन्।
“भिडले कारागार तोडफोड गर्ने चेतावनी दिएपछि अन्य कैदीबन्दीको सुरक्षालाई ध्यानमा राखेर उहाँलाई सोधिएको थियो। उहाँले बाहिर जान्छु भनेपछि हामीले छोडिदिएको हो,” जोशीले भने।

उनका अनुसार कारागारको गेटबाट समर्थकहरूले लामिछानेलाई लिएर गएका थिए।
कारागारबाहिर प्रदर्शनकारीहरूको ठूलो भिड जम्मा भएपछि कारागार प्रशासनले लामिछाने बस्दै आएको ब्लकबाहिर निकालेर परिसरभित्रको अस्पतालमा राखेको थियो। कारागारमा तोडफोड भइरहे पनि अन्य कैदीबन्दी सुरक्षित रहेको प्रशासक जोशीले बताएका छन्।
कारागारका प्रशासकले कारागारमा रहेका अन्य कैदीबन्दी बाहिर भाग्न नपाएको बताएका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
