राष्ट्रिय समाचार

आज बिहानसम्म पनि जलिरहेछ सिंहदरबार क्षेत्र

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

२५ भदौ, काठमाडौं । नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा मंगलबार दिउँसो लगाइएको आगो आज बुधबार बिहानसम्म पनि बलिरहेको छ ।

सिंहदरबार भित्र प्रवेश गर्न नेपाली सेनाले रोक लगाएको छ । अहिले नेपाली सेनाले सिंहदरबार भित्र आफ्ना जवानलाई कवाज खेलाइरहेको देखिन्छ ।

बिज्ञापन

अहिले सिंहदरबारको भव्य संरचना खण्डहरमा परिणत भएको देखिन्छ । आगोमा जलेर अधिकांश संरचना ध्वस्त भएको छ । सवारी साधन, फर्निचर, कागजपत्र केही बाँकी रहेका छैनन् ।

जेनजी प्रदर्शनकारीको क्रममा केही समूह सिंहदरबार भित्र प्रवेश गरी तोडफोड र आगजनी गरेको थियो ।

राणाकालीन सम्पदा सिंहदरबार आगोमा दन्किरहेको दृष्य कहालीलाग्दो थियो । आगो जलिरहेका बेला पानी हाल्ने प्रयाससमेत भएको थिएन ।

प्रदर्शनकारीहरुले हिजो सिंहदरबार परिसरको गृहमन्त्रालयमा पनि आगो लगाइदिएका थिए ।

साथै सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, काठमाडौं जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, नागरिक उड्डय प्राधिकरण, विशेष अदालत, उपत्यका ट्राफिक प्रहरी कार्यालयमा समेत आगजनी भएको छ । सर्वोच्च अदालत परिसरमा फलामसमेत पग्लिएर भुइँमा बगेको देखिन्छ ।

सडकमा ल्याएर जलाइएका दराज, कम्प्युटर, टेबुल–कुर्सीको थुप्रो देखिन्छ ।

प्रदर्शनकारीले राष्ट्रपति कार्यालय रहेको शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार, संसद भवनमा समेत आगोमा जलेर ध्वस्त बनाएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।