राष्ट्रिय समाचार

उपत्यकामा निषेधाज्ञा आंशिक खुकुलो, कर्फ्यू जारी रहने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई बिहीबार आंशिक रूपमा खुकुलो बनाउने भएको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै सेनाले नागरिकको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय गरिएको जनाएको छ।

विज्ञप्तिअनुसार, उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा बिहीबार बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामका लागि आवतजावत गर्न पाइनेछ। तर, बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भने निषेधाज्ञा यथावत् रहनेछ।

बिज्ञापन

सेनाले भदौ २६ गते साँझ ७ बजेदेखि भदौ २७ गते बिहान ५ बजेसम्म उपत्यकाभर कर्फ्यू आदेश लागू हुने जानकारी पनि दिएको छ। नागरिकको ज्यान र सम्पत्तिको सुरक्षा प्रमुख प्राथमिकता भएकाले कर्फ्यू र निषेधाज्ञाको पूर्ण पालना गर्न सेनाले सबैलाई आग्रह गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।