राष्ट्रिय समाचार

जंगीअड्डा अगाडि तनाव : सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन नहुने भन्दै विरोध

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

२६ भदौ, काठमाडौं । अन्तरिम सरकारको प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउन खोजिएको भन्दै केही युवाहरु विरोधमा उत्रिएका छन् ।

लोक कल्याणकारी विज्ञापन

नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि पुगेका युवाहरुले कार्कीलाई सरकारको प्रमुख बनाउन नहुने बताएका हुन् ।

लोक कल्याणकारी विज्ञापन

जेनजी आन्दोलनको माग कार्कीलाई सरकार प्रमुख बनाउनका लागि नभएको ती युवाहरुको भनाइ छ ।

बिज्ञापन

समाचार संकलनका लागि त्यहाँ पुगेका भारतीय मिडियाहरुविरुद्ध पनि युवाहरुले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले ‘गो ब्याक इण्डिया’ भन्दै विरोध गरिरहेका छन् ।

भारतीय मिडियाहरुलाई जंगीअड्डामा जान दिएको तर नेपाली मिडियाहरुलाई नदिएको भन्दै उनीहरुले नाराबाजीसमेत गरेका छन् ।

सेनाले युवाहरुलाई त्यहाँबाट हटाउने प्रयास गरिरहेको छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन