राष्ट्रिय समाचार

नेपालमा अन्तरिम सरकार गठनप्रति भारतको स्वागत

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भारतले नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोप्रति स्वागत व्यक्त गरेको छ।

लोक कल्याणकारी विज्ञापन

भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीशसमेत रहेकी सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले नेपालमा शान्ति र स्थायित्वलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। 

लोक कल्याणकारी विज्ञापन

विज्ञप्तिमा भनिएको छ, ‘नजिकको छिमेकी, साझा लोकतन्त्र र दीर्घकालीन विकास साझेदारको हैसियतले भारत नेपालसँग नजिकबाट सहकार्य गर्न निरन्तर प्रतिबद्ध रहन्छ। हाम्रो दुई देश र जनताको समृद्धि र कल्याणका लागि भारत नेपालसँगै काम गर्नेछ।’ 

बिज्ञापन

भारतले नेपालको नयाँ राजनीतिक यात्राप्रति समर्थन जनाउँदै दुवै मुलुकबिचको सम्बन्ध अझ प्रगाढ हुने अपेक्षा राखेको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन