घटना

केपी ओलीविरूद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अभिषेक प्रताप शाहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका छन् ।

शाहले कपिलवस्तु जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरी वृत्त नयाँ बानेश्वर, काठमाडौंमा जाहेरी दर्ता गराएका हुन् । जेनजी समूहले गरेको प्रदर्शनमा गोली चलाउने आदेश तत्कालीन प्रधानमन्त्री ओलीले दिएका कारण धेरै युवाले ज्यान गुमाएको भन्दै शाहले जाहेरी दिएका हुन् ।

बिज्ञापन

शाहले शनिबार कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिलकुमार तामाङलाई जाहेरी पत्र बुझाएका थिए । सीडीओ तामाङले उक्त जाहेरी सम्बन्धित निकायमा पु¥याउने बताए ।

जाहेरीपत्रमा ओलीको आदेशपछि गोली चलाउँदा १७ देखि ४५ वर्ष उमेर समूहका १०–१५ भन्दा बढी युवाको मृत्यु भएको र धेरै घाइते भएको उल्लेख छ । मृत्यु भएका मध्ये सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारू मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, सौरभ किशोर श्रेष्ठ, सुवास बोहरा र नीरज पन्त लगायतको नाम समावेश गरिएको छ ।

यता प्रहरी वृत्त बानेश्वरले भने हाल उक्त उजुरी दर्ता गर्ने अवस्था नरहेको जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार, “वृत्तमा जाहेरी दर्ता गर्ने ठाउँ छैन, अहिले कुनै पनि वृत्तमा उजुरी दर्ता हुने अवस्था छैन, हामी व्यवस्थापनमै छौं ।”

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।