सुदूरपश्चिम प्रदेश

बैतडीमा काकीको हत्या, पाँच बालबालिका असहाय

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बैतडी। बैतडीको सिगास गाउँपालिका-२ गाजरीकी ३४ वर्षीया बेलमती धामीको हत्या भएपछि उनका पाँच सन्तान बिचल्लीमा परेका छन्।

चार वर्षअघि जन्डिसका कारण श्रीमान् गुमाएकी बेलमतीलाई गत भदौ २२ गते राति सुतेकै अवस्थामा उनका भतिजो यज्ञ धामीले बन्चरो प्रहार गरी हत्या गरेका हुन्।यज्ञलाई जिल्ला प्रहरी कार्यालय बैतडीले नियन्त्रणमा लिएको छ।

बिज्ञापन

बेलमतीको घर गाउँदेखि टाढा पिडेगोदा भन्ने एकान्त स्थानमा रहेको छ। यज्ञ हुलाक कर्मचारी हुन्।

उनका एक छोरा र एक छोरी छन् भने उनकी श्रीमती केही वर्षदेखि दुबईमा काम गरिरहेकी छिन्।स्थानीयका अनुसार केही दिनदेखि यज्ञको मानसिक अवस्था कमजोर थियो। उपचारका लागि उनी हालै धनगढी गएर फर्केका थिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।