राष्ट्रिय समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण, नयाँ युगको सुरुवात

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । जनआन्दोलनको राप र तापका बीच प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गरेकी छिन् । मुलुकको ४२ औँ प्रधानमन्त्रीका रूपमा कार्कीले ऐतिहासिक जिम्मेवारी सम्हालेकी हुन् ।

सिंहदरबार पुग्दा उनलाई कर्मचारीहरूले भव्य स्वागत गरेका थिए । जनजी आन्दोलनले सृजना गरेको परिवर्तनको लहरपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते शुक्रबार कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । 

बिज्ञापन

पदभार ग्रहण गर्नुअघि प्रधानमन्त्री कार्की लैनचौरस्थित शहीद स्मारक पुगेर देशका लागि प्राण आहुति दिने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन् । उनले शहीदहरूको त्याग र बलिदानको सम्मान गर्दै अबको सरकार सुशासन, पारदर्शिता र जनहितका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीको आगमनसँगै मुलुकमा नयाँ आशा र सम्भावनाको सञ्चार भएको छ । जनजी आन्दोलनले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्दै देशलाई समृद्धिको मार्गमा अघि बढाउने चुनौती र अवसर दुवै उनीसामु छन् । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।