हिजोदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकमा निरन्तर ढुंगा खस्दा पहिरो पन्छाउन समस्या

शुक्रबार साँझबाट अवरुद्ध नारायणगढ–मुग्लिन सडकमा निरन्तर पहिरो खस्न थालेपछि पहिरो पन्छाउन समस्या भइरहेको छ। तुइन खोला पुलनजिकै निरन्तर झरेको पहिरोका कारण रातभर सडक अवरुद्ध भएकामा शनिबार बिहान फेरि पहिरो खसेको थियो। तर, खस्ने क्रम निरन्तर भइरहेको हुँदा पहिरो हटाउन समस्या भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
हाल नारायणगढतर्फबाट एक लोडर, एक एक्साभेटर तथा मुग्लिनतर्फबाट दुईवटा लोडर, एक एक्साभेटर परिचालन गरी दुवैतर्फबाट पहिरो हटाउने काम भइरहेको छ। तर, थप पहिरो खस्ने क्रम रोकिएमा कम्तीमा शनिबार साँझसम्ममा पहिरो हटाई सवारी आवागमन सुचारु गर्ने सम्भावना रहेको जनाइएको छ। पहिरोका कारण सडक अवरुद्ध हुँदा हजारौँ सवारीसाधन सडकमा रोकिएका छन्।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
