राष्ट्रिय समाचार

झिसमिसेदेखि नै पन्छाउन सुरु भयो तुइनखोलाको पहिरो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको तुइनखोलामा गएको पहिरो हटाउन झिसमिसेबाट सुरु गरिएको छ ।

डिभिजन सडक कार्यालय भरतपुरको ३ वटा मेसिनले बिहानैदेखि पहिरो पन्छाउन सुरु गरिएको हो ।

बिज्ञापन

अस्ति बेलुका साढे छ बजेदेखि पहिरोको कारण बन्द भएको सडक ३६ घण्टासम्म पनि खुलाउन सकिएको छैन ।

बाटो बन्द हुँदा यो सडक खण्ड हुँदै यात्रा गर्ने यात्रुहरू गन्तव्यमा पुग्न नसकेर रोकिएका छन् ।

आज लगातार पहिरो खस्ने क्रम रोकियो भने मध्यान्हसम्म सडक सञ्चालनमा ल्याउन सकिने यो सडक हेर्ने इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।