सुदूरपश्चिम प्रदेश

बैतडीमा अरिङ्गालको टोकाइबाट युवकको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी/  बैतडीमा अरिङ्गालको टोकाइबाट युवकको मृत्यु भएको छ। जिल्लाको शिवनाथ गाउँपालिका–५ बिनायाका ४० वर्षीय लक्ष्मण दयालाको अरिङगारको टोकाइबाट मृत्यु भएको हो। मकैको पुली बनाउनै काट्न गएका बेला दयालालाई गत भदौ २२ गते अरिङ्गाललाई टोकेको थियो। काठ काट्ने क्रममा दयालालाई अरिङ्गालले टोकेपछि उनी गम्भीर घाइते भएका थिए।

भदौ २३ गते उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा धनगढी ल्याइएको थियो। उपचार सफल नभएको भन्दै भदौ २७ गते उनलाई अस्पतालबाट घर फर्काइएको थियो। उनको शनिवार मृत्यु भएको हो। मृतक दयालाको घरमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। उनको मृत्यु भएपछि बिनायामा शोकमग्न भएको छ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।