काठमाडौंको सिडिओमा ईश्वरराज पौडेललाई खटाइयो
लोक कल्याणकारी विज्ञापन

गृह मन्त्रालयले काठमाडौंको प्रमुख जिल्ला अधिकारी(सिडिओ) छविलाल रिजाललाई हटाएर अर्का सहसचिव ईश्वरराज पौडेललाई खटाएको छ ।
उद्योग मन्त्रालयमा कार्यरत रहेका पौडेललाई गत आइतबारको मन्त्रिपरिषद्को निर्णयअनुसार गृहमा सरुवा गरिएको थियो । गृहमा हाजिर भएकै दिन बुधबार उनलाई काठमाडौंमा खटाइएको थियो ।
बिज्ञापन

पौडेल यसअघि गृह मन्त्रालयमा हुँदा सुन तस्करीसम्बन्धि बिशेष छानविन टोलीको संयोजक भएर काम गरेका थिए ।
जेनजीको आन्दोलनमा अत्याधिक बल प्रयोग गरेको विषयमा विवादमा तानिएका सिडिओ रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
