राष्ट्रिय समाचार

प्रधानमन्त्री कार्कीले दसैँको टीका–जमरा नलगाउने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न युवापुस्ताको जेन–जी आन्दोलनमा अनेकौँ युवाले ज्यान गुमाउनुपरेको पीडा अझै ताजा रहेको उल्लेख गर्दै यस वर्ष आफूले टीका-जमरा नलगाउने र नागरिकलाई समेत टीका लगाउने कुनै औपचारिक कार्यक्रम नरहेको जनाएकी छिन् ।

बडादसैँ ०८२ को अवसरमा प्रधानमन्त्रीको स्वकीय सचिवालयमार्फत जारी सन्देशमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूप्रति शुभकामना व्यक्त गर्दै आफूले टीका नलगाउने र नलगाइदिने निर्णय भएको जनाइएको छ ।

बिज्ञापन

प्रधानमन्त्री कार्कीले सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा प्रगतिका लागि शुभेच्छा दिँदै बडादसैँले पारिवारिक मिलन, सामाजिक मेलमिलाप र सदभाव बढाउन सहयोग पुर्‍याओस् भन्ने अपेक्षा व्यक्त गरेकी छिन्।

दुर्गा भवानीले राष्ट्रलाई शक्ति प्रदान गरून् भन्ने कामना गर्दै उनले मुलुकमा स्थायित्व, शान्ति, सुशासन र समृद्धिको यात्रामा सबैलाई सहभागी भई देश विकासमा जुट्न हार्दिक अपिलसमेत गरेकी छिन्।
 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।