पूर्वप्रधानमन्त्री ओली र प्रचण्डका ६१ सुरक्षा हटाइए

काठमाडौं।सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेको छ।स्रोतका अनुसार मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखिएको भन्दै गृह मन्त्रालयले दुवै नेताको सुरक्षा व्यवस्था समायोजन गर्ने निर्णय गरेको हो।
गृहमन्त्रीस्तरीय निर्णयअनुसार ओलीका २७ जना र प्रचण्डका ३४ जना गरी कुल ६१ जना सुरक्षाकर्मी फिर्ता गराइएका छन्।

सरकारले हाल पूर्वप्रधानमन्त्रीहरूको सुरक्षामा निश्चित मापदण्ड लागू गर्ने नीति लिएको छ।उक्त निर्णयअनुसार पूर्वप्रधानमन्त्रीहरूलाई तोकिएको संख्याभन्दा बढी सुरक्षाकर्मी राख्न नपाइने नियम कार्यान्वयनमा ल्याइएको हो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
