पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश

जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
सुन तस्करी समूहलाई सघाएको आरोपमा बयान र थुनछेक बहसपछि जिल्ला अदालतले बुधबार महरालाई थुनामा पठाउने आदेश दिएको हो। अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा महरा ‘अहिले नै आरोपित कसूरमा निर्दोष रहेको अवस्थाको विद्यमानता नदेखिई कसूरदार देखिने आधार भएको’ बताएको छ।

महरालाई जगतनाथदेवल कारागार पठाइएको छ।
सुन तस्करी गर्ने चिनियाँ गिरोहलाई सघाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले महराविरुद्ध सोमबार मुद्दा दायर गरेको थियो। उनीमाथि आठ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो कायम गरिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
