राष्ट्रिय समाचार

जेनजी आन्दोलनमा सिंहदरबारमा एसएलआर नचाउने राजु परियार पक्राउ, ज्यान मुद्दा र ठगीका फरार अभियुक्त

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते मुख्य प्रशासनिक भवन सिंहदरबारमा एसएलआर नचाउँदै लुटपाट र आगजनीमा संलग्न ललितपुरका सम्राट भनिने राजु परियार पक्राउ परेका छन् ।

ललितपुर उपमहानगर-१३, कुसुन्तीका ३६ वर्षीय परियारलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुरकै सुनाकोठीबाट पक्राउ गरेको त्यहाँका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए । परियारले सुरक्षाकर्मीले प्रयोग गर्ने हतियार लुटेर सिंहदरबारको मूलगेटमा प्रदर्शन गरेका थिए । उक्त दृश्य सामाजिक सन्जालमा भाइरल छ ।

बिज्ञापन

उनी ज्यान र ठगी मुद्दामा विभिन्न प्रहरी कार्यालयको खोजीमा रहेका व्यक्ति भएको एसपी आचार्यले बताए ।

उनीविरुद्धका मुद्दाको विवरण यस्तो छ:

(१) जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडाैंमा (मुद्दा नं. ६५८ मिति २०६४।१०।२० गते) ज्यान मार्ने उद्योग मुद्धामा प्रतिवादी रहेको ।

(२) जिल्ला प्रहरी परिसर ललितपुरमा रोमन महर्जनको जाहेरीले (मुद्दा नं.१९५ मिति २०७०।०६।१४ गते) ज्यानमार्ने उद्योग मुद्धामा प्रतिवादी रहेको ।

(३) प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौंमा रवि तामाङको जाहेरीले (मुद्दा नं. २७८ मिति २०७५।०९।१३ गते) ठगी सम्बन्धी मुद्दामा प्रतिवादी रहेको ।

(४) प्रहरी वृत्त महाराजगन्ज, काठमाडौंमा राजकुमार खड्कीको जाहेरीले (मुद्दा नं. ७२० मिति २०७१।०९।१७ गते) बैंकिङ कसूर सम्बन्धी मुद्धामा प्रतिवादी रहेको ।

(५) जिल्ला प्रहरी परिसर ललितपुरमा मिक्सार तामाङ समेतको जाहेरीले (मुद्दा नं.३३ मिति २०८०।०४।०७ गते) ठगी सम्बन्धी मुद्दामा प्रतिवादी रहेको ।

(६) जिल्ला प्रहरी परिसर ललितपुरमा गोविन्द रिमालको जाहेरीले (मुद्दा नं.४७ मिति २०६५।०५।१० गते) अभद्र व्यवहारसम्बन्ध कसूर मुद्दामा प्रतिवादी रहेको।

(७) प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौंमा रवि तामाङको जाहेरीले (मुद्दा नं.२७८ मिति २०७५।०९।१३ गते) अभद्र व्यवहार सम्बन्धी कसूर मुद्दामा प्रतिवादी रहेको।

(८) प्रहरी वृत्त स्वयंभु, काठमाडौंमा सुदन बैजुको जाहेरीले (मुद्दा नं. ८० मिति २०७१।०१।१९ गते) ठगी सम्बन्धी मुद्दामा मुद्दा दर्ता भई प्रतिवादी रहेको ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।