सुदूरपश्चिम प्रदेश

सीमामा पटक–पटक तस्करी गर्ने धनगढीका २ महिला सशस्त्रको फन्दामा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः नेपाल–भारत सीमा क्षेत्रमा पटक–पटक तस्करी गर्दै आएकी २ महिला सशस्त्र प्रहरीको फन्दामा परेका छन।

धनगढी उपमहानगरपालिका–८ की हस्मिता चौधरी र शान्ति बोहरालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

बिज्ञापन

चौधरीले त्रिवेणी घाट हुँदै दैनिक करिब २० लाख रुपैयाँ बराबरको समान भारतबाट नेपाल भित्र्याउने गरेकी सशस्त्र प्रहरीको दाबी छ। सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३४ गण हेटक्वाटर, कैलालीले चौधरी र बोहरालाई नियन्त्रणमा लिएर भन्सार कार्यालयमा पेस गरेको छ। उनको तस्करीको सामान पछिल्लो एक साताभित्र मात्रै तीन पटक सशस्त्र प्रहरीको फन्दामा परेकी बताइएको छ। सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३४ गण हेटक्वाटर, कैलालीका प्रवक्ता वीरेन्द्र ऐरले उनीहरूलाई भन्सार कार्यालय, कैलालीमा पेस गरिएको बताए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।