राष्ट्रिय समाचार

चुनावलक्षित  गरी ३० जिल्लाका सिडिओ सरुवा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

गृह मन्त्रालयले एकैपटक ३० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवा गरेको छ । बुधबार ३६ सहसचिवको सरुवा गर्दै महत्वपूर्ण जिल्लाका सिडिओहरू फेरिएको हो । सरुवा हुने आधाजसो एक वर्ष अवधि पुगेकाहरू छन् । कतिपयलाई दुई महिनामै फेरिएको छ । ‘यो चुनावलाई समेत लक्षित गरेर योग्यता, अनुभव र क्षमताका आधारमा सरुवा गरिएको हो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘नयाँ परिस्थितिअनुसार काम गर्न कतिपयलाई छोटो अवधिमै हटाइएको छ ।’ 

झापामा शिवराम गेलाल, मोरङमा युवराज कट्टेल, सुनसरीमा वासुदेव घिमिरे, धनुषामा प्रेमप्रसाद लुइँटेल, महोत्तरीमा इन्द्रदेव यादव, सिराहामा सुरेन्द्र पौड्याल, पर्सामा भोला दाहाल र रूपन्देहीमा माधवप्रसाद पोखरेलको सरुवा भएको छ । त्यस्तै, बाँकेमा दिलकुमार तामाङ, कैलालीमा हिरालाल रेग्मी, रौतहटमा दिनेश सागर भुसाल, बारामा धर्मेन्द्रकुमार मिश्र, ललितपुरमा प्रेमप्रसाद भट्टराई र भक्तपुरमा उमेशकुमार ढकाललाई खटाइएको छ । 

बिज्ञापन

त्यसैगरी, सर्लाहीमा रामबाबु कडरिया, मकवानपुरमा वसन्त अधिकारी, सिन्धुलीमा स्किम श्रेष्ठ, बर्दियामा गोगन हमाल, गुल्मीमा आनन्द सारू, धनकुटामा विनोदकुमार खड्का, उदयपुरमा धर्मराज जोशी, लमजुङमा डा. टोकराज पाण्डे र दोलखामा नारायणप्रसाद रिसालको सरुवा भएको छ । 

पाँच एसएसपी डिआइजीमा बढुवा सिफारिस 
नेपाल प्रहरीका पाँच एसएसपीको डिआइजीमा बढुवा सिफारिस भएको छ । आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले सिफारिस गरेको हो । एसएसपी भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अविनारायण काफ्लेको बढुवा सिफारिस गरेको हो । उनीहरू सबै ०५६ का इन्स्पेक्टर हुन् । यसअघि यो ब्याचबाट पहिलो नम्बरमा रहेका विश्व अधिकारी बढुवामा छुटेका हुन् । उनी २३ र २४ भदौको आन्दोलनमा काठमाडौं प्रहरीका प्रमुख थिए । ३० वर्षे सेवाहद कायमै रहेमा यही ब्याचबाट ०८४ को चैतमा प्रहरीको नयाँ नेतृत्व चयन हुनेछ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।