राजनीति

सरकारविरुद्ध सडक आन्दोलनमा जाने तरुण दलको चेतावनी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सडक आन्दोलनमा जाने चेतावनी दिएको छ । सोमवार, नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा गरिएको कार्यक्रममा उक्त घोषणा गरिएको हो ।

अध्यक्ष विद्वान गुरुङले मुलुकमा व्यवस्था जोगाउन र आफ्नो अस्तित्व रक्षा गर्न अब चुप लागेर बस्ने अवस्था नभएको बताए । उनले दुर्गा प्रसाईं र सुदन गुरुङले आफूहरूको अस्तित्वमाथि नै धावा बोलिरहेको जिकिर गर्दै, सडक संघर्ष अघि बढाउनका लागि तयार रहन तरुण दलका नेता तथा कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष गुरुङले नेपाली कांग्रेसका कार्यकर्तालाई ‘झोले’ जस्ता रूपमा चित्रण गरिँदैछ भन्नेमा आक्रोश पनि व्यक्त गरे ।

बिज्ञापन

अध्यक्ष गुरुङले भदौ २४ गते मुलुकमा भएको विध्वंस रोक्न नसकेकोमा क्षमायाचन गर्दै आगामी दिनमा त्यस्तो अवस्था नआओस् भनेर सजग रहने बताए । उनले जेन–जी आन्दोलनको नाममा नेतामाथि भएको प्रहारको हिसाब–किताब हुने पनि बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।