राष्ट्रिय समाचार

दुई महिना दाउन्ने सडक एकतर्फी रहने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकको दाउन्ने खण्ड १५ पुससम्मका लागि एकतर्फी गरिएको छ । दाउन्ने खण्डमा बाँकी कल्भर्टहरू निर्माण गर्न र ढलान गर्न एकतर्फी गरिएको सडक विभागका प्रमुख इन्जिनियर चूडाबहादुर ढकालले बताए । दाउन्ने लगातारको जाम र सवारीसाधनको चापले काम गर्न नसकिएका कारण सडक एकतर्फी गरिएको उनको भनाइ छ । यो अवधिमा भारतबाट आउने र भारत जाने ठुला मालवाहक लरीजस्ता सवारीसाधनलाई अन्य बाटो प्रयोग गराइने उनको भनाइ छ । यो खण्डमा कल्भर्ट निर्माणको कामले चार ठाउँमा सडक एकतर्फी रहेको छ भने सडक ढलान भइरहेका ठाउँमा पनि एकतर्फी नै हुनेछ । 

केही दिनअघि आकस्मिक भएको वर्षाले निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक चिप्लो भई यातायात आवागमनमा कठिनाइ भएको तथा आगामी दिनहरूमा पुन: बर्सात भएमा थप समस्या हुने कारण यातायात एकतर्फी गरिएको विभागको भनाइ छ । सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरेर मात्र यात्रा गर्न पनि सडक आयोजनाले आग्रह गरेको छ ।

बिज्ञापन

नारायणगढ–बुटवल सडखखण्डको दाउन्ने खण्डमा पानी पर्न छाडेको दुई दिन भयो । तर, अझै पनि बाटो हिलो र चिप्लो रहेको छ । सोही कारण दाउन्नेको पूर्वी र पश्चिम खण्डमा सवारीसाधनको लामो लाइन लागेको छ । पश्चिम नेपालबाट पूर्व जाने अर्थात् बर्दघाटबाट दुम्कीबास आउने सवारीसाधन सोमबार साँझसम्म सजिलै पास भए पनि पूर्वबाट पश्चिम जाने सवारीसाधनलाई निकै सकस हुने गरेको छ । 

बाटो हिलो र चिप्लोले उकालोमा सवारीसाधन उक्लन नसक्दा ठाउँ–ठाउँमा सवारीसाधन बिग्रिएर बसेका छन् । जसले गर्दा दाउन्ने सडकखण्डमा लामो लाइन लागेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार ठाउँ–ठाउँमा सवारीसाधन बिग्रिएका कारण सडक एकतर्फी भएको छ । अहिले दाउन्नेको १४ किलोमिटर सडक पार हुन बस तथा ठुला सवारीसाधनलाई अहिले आठदेखि १० घण्टा लाग्ने गरेको छ । दुम्कीबासका स्थानीय बासिन्दाका अनुसार अहिले दाउन्नेदेखि होङ्सी सिमेन्ट गेटसम्म करिब १० किलोमिटर लामो सवारीसाधनको लाइन लागेको छ । 

सडक विभागले सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कम्पनीलाई दसैँअगाडि नै यात्रा सहज गराउन निर्देशन दिएको भए पनि दाउन्नेमा १४ किलोमिटर सडकखण्ड मध्य–पश्चिम खण्डको तीन किलोमिटर मात्र पूर्ण रूपमा कालोपत्रे भएको छ । बाँकी अधिकांश क्षेत्र कच्ची र खाल्टाखुल्टी रहेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।