भजनीबाट ६ जुवाडे पक्राउ
लोक कल्याणकारी विज्ञापन

भजनी । भजनीबाट प्रहरीले ६ जना जुवाडे पक्राउ गरेको छ । गयराती साढे १ बजेको समयमा भजनी नगरपालिका १ भजनी बजारमा ४४ वर्षीय को राजु चौधरीले सञ्चालन गरेको मोनिस्का होटलबाट ६जुवाडे पक्राउ परेका हुन ।
गोप्य सूचनाको आधारमा खानतलासी गर्दा होटलको दोस्रो तलामा जुवा तास खेलिरहेको अवस्थामा सञ्चालक चौधरी सहित ६ जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उनीहरूको साथबाट ८३ हजार रुपैयाँ नगद र २ गड्डी तास बरामद गरिएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
