सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी लुटियो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी: सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन डाक्टर हेमनाथ जोशीले प्रयोग गर्ने गाडी लुटिएको खबर सार्वजनिक भएको छ। डिन जोशीले चढ्ने  बा २ झ २८५९ नम्बरको सेतो स्कारपियो गाडी गत भदौ २५ गते लुटिएको खबर अहिले आएर सार्वजनिक भएको हो। 
डाक्टर जोशीको निजी निवास धनगढी उपमहानगरपालिका–५, हसनपुरबाट भदौ २५ गते दिउँसो करिब १२ बजे मुखमा मास्क लगाएका आठजनाको समूहले गाडी लुटेर लगेका हुन्। 

घटना लगत्तै डाक्टर जोशीले कैलाली जिल्ला प्रहरी कार्यालयमा जानकारी दिएका थिए।
कैलाली प्रहरीले उक्त घटना “योजनाबद्ध र असामान्य प्रकृतिको” भएको बताएको छ। गाडी लुट्ने समूहको अहिलेसम्म पहिचान खुल्न सकेको छैन भने गाडी पनि फेला नपरेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।