घटना

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ ।

उपचारको क्रममा आज बिहान २ बजेर ५८ मिनेटमा उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा निधन भएको हो।

बिज्ञापन

पारिवारिक स्राेतका अनुसार  उनकाे भेन्टिलेटरमा राखेर उपचार भइरहेकाे थियाे ।  उपचारकै क्रममा उनकाे निधन भएकाे हाे ।

गत कार्तिक दोस्रो साता मुटुमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

बम बिस्फोट सम्बन्धि मुद्दा मा उच्च अदालतले सफाइ दिएपछि जेठ १४ अदालतबाट रिहा भएपछि उनी बिरामी भएका थिए ।

२०६४ को चुनावी तयारीको क्रममा रौतहटमा बम बिस्फोटमा घाइते भएकोहरुलाई जिउँदै इट्टा भट्टामा जलाएर मारेको उनलाई आरोप थियो ।

उक्त अभियोगमा जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।

पछि उच्च अदालतले जिल्लाको फैसला उल्टाएपछि गत जेठमा उनी थुनामुक्त भएका थिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।