अछाम कारागारका कैदीबन्दीलाई अगरबत्ती उत्पादन तालिम
लोक कल्याणकारी विज्ञापन

अछाम । अछाम जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूलाई सीप विकासका उद्देश्यले अगरबत्ती उत्पादनसम्बन्धी तालिम दिइएको छ।
लोक कल्याणकारी विज्ञापन

घरेलु तथा साना उद्योग कार्यालय अछामको आयोजनामा कात्तिक १८ गतेदेखि सुरु भएको सातदिने तालिम अहिले सञ्चालनमा रहेको हो।
लोक कल्याणकारी विज्ञापन

कार्यालयका प्रमुख भीमबहादुर सिंहका अनुसार, हाल १५ जना कैदीबन्दी तालिममा सहभागी भएका छन्। उनले भने, “कार्यालयले कैदीबन्दीहरूको मागअनुसार विभिन्न सीप विकास तालिम सञ्चालन गर्दै आएको छ।”
बिज्ञापन

सजाय पूरा गरी समाजमा फर्किने बेला उनीहरू स्वावलम्बी बन्न र पुनःस्थापित हुन यस तालिमले महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

