अछाम कारागारका कैदीबन्दीलाई अगरबत्ती उत्पादन तालिम

अछाम । अछाम जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूलाई सीप विकासका उद्देश्यले अगरबत्ती उत्पादनसम्बन्धी तालिम दिइएको छ।
घरेलु तथा साना उद्योग कार्यालय अछामको आयोजनामा कात्तिक १८ गतेदेखि सुरु भएको सातदिने तालिम अहिले सञ्चालनमा रहेको हो।

कार्यालयका प्रमुख भीमबहादुर सिंहका अनुसार, हाल १५ जना कैदीबन्दी तालिममा सहभागी भएका छन्। उनले भने, “कार्यालयले कैदीबन्दीहरूको मागअनुसार विभिन्न सीप विकास तालिम सञ्चालन गर्दै आएको छ।”
सजाय पूरा गरी समाजमा फर्किने बेला उनीहरू स्वावलम्बी बन्न र पुनःस्थापित हुन यस तालिमले महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
