राष्ट्रिय समाचार

आज विश्व शौचालय दिवसः ३५ करोड ४० लाख मानिस खुला स्थानमा दिसापिसाब गर्न बाध्य

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ । सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता, खुला दिसापिसाब गर्ने प्रवृत्तिको अन्त्यका साथै दिगो र स्वच्छ सरसफाइ सेवाको विस्तारमा जोड दिँदै आज विविध चेतनामूलक कार्यक्रमका साथ विश्व शौचालय दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदै छ ।

सन् २०१३ देखि आधिकारिक रूपमा मनाउन प्रारम्भ भएको यो दिवसको उद्देश्य पानीको गुणस्तर सुधार, जलस्रोतको दिगो व्यवस्थापन र पानी तथा सरसफाइमा अन्तरराष्ट्रिय सहकार्य तथा क्षमता अभिवृद्धि हो ।

बिज्ञापन

सुरक्षित र सबैका लागि पहुँचयोग्य शौचालय निर्माण अहिलेको अत्यावश्यक प्राथमिकता भएको जनाउँदै संयुक्त राष्ट्रसङ्घले सबैका लागि पानी र सरसफाइ हासिल गर्ने लक्ष्यलाई सशक्त रूपमा उठाउने दिनका रूपमा यो दिवसको उपयोग हुनुपर्नेमा जोड दिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।