दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर्न ओलीको माग

एमाले अध्यक्ष केपी ओलीले दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर्न सरकारसँग माग गरेका छन्। बुधबार काठमाडौंमा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बोलेकै आधारमा पक्राउ गरिएको भन्दै आपत्ति जनाएका हुन्।
प्रधानमन्त्री र गृहमन्त्रीसँग प्रसाईंले सार्वजनिक गरेको भिडियोको जवाफ माग्दै ओलीले भने, ‘दुर्गा प्रसाईंले एउटा भिडियो निकालिदिए। दिउँसो भिडियो निस्कियो, मध्यरातमा गएर समात्यो। म सोध्न चाहान्छु– यो सरकारसँग त्यस भिडियोको जवाफ छ कि छैन ?’

मानव अधिकार आयोगले समेत प्रसाईंको पक्राउले मानव अधिकार उल्लंघन भएको बताइसकेको उल्लेख गर्दै ओलीले भने, ‘म सरकारलाई भन्न चाहन्छु दुर्गा प्रसाईंलाई तुरुन्त छोड्नुस्। बोल्नै नपाइने पनि हुन्छ ?’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
