चरेश मुद्दामा फरार बैतडीकी एक महिला पक्राउ
लोक कल्याणकारी विज्ञापन

बैतडीः चरेश मुद्दामा फरार बैतडीकी एक महिला पक्राउ परेकी छिन्।
पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–४ धौलकाडा बस्ने ३५ वर्षकी भावना धामी रहेकी छिन्। जिल्ला अदालत बैतडीको फैसलाले लागूऔषध (चरेश) मुद्दामा १ वर्ष ७ महिना ६ दिन कैद सजाय र १५ हजार जरिवाना तोकेपछि धामी फरार रहेकी थिइन्। धामीलाई अस्थायी प्रहरी पोष्ट धौनाखोली, बैतडीबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
