कैलालीमा २० वर्षीय युवकमाथि खुकुरी प्रहार, तीन जना फरार
लोक कल्याणकारी विज्ञापन

लम्कीचुहा । कैलालीमा एक युवकमाथि खुकुरी प्रहार गरिएको छ। लम्कीचुहा नगरपालिका-६ बाहुनपुर बस्ने २० वर्षीय गणेश परियारमाथि खुकुरी प्रहार भएको हो ।
खुकुरी प्रहारबाट घाइते भएका परियारको लम्किचुहास्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ।उनको टाउकोमा तीन, बाँया हातमा तीन र दाहिने हातमा एक टाँका लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
बिज्ञापन

परियारमाथि स्थानीय रोशन भुलसहित तीन जनाले खुकरी प्रहार गरेको आरोप लागेको छ।उनीहरु फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
