घटना

ट्रक पल्टिँदा कान्ति लोकपथ अवरुद्ध

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ । आज बिहान ५ बजेतिर मकवानपुरको भीमफेदी  गाउँपालिका वडा नम्बर ८ बगुविामा खाली ट्रक ब्रेक फेल भएर दुर्घटना हुँदा कान्ति लोकपथमा यातायात आवरुद्ध भएको छ ।

वीरगंजबाट काठमाडौँ आउँदै गरेको ना३ख ३१९२ नम्बरको ट्रक ब्रेक फेल भई अनियन्त्रित भएर बाटोमा नै पल्टेपछि आवागमन पूर्णरुपमा अवरुद्ध हुन पुगेको हो । ट्रकका चालक बारा, जीतपुरसिमरा–१ का ४० वर्षीय बिनोद माझी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

ट्रक हटाउन पहल भइरहेको प्रहरीले जनाएको छ । हेटौँडाबाट काठमाडौँ जाने र काठमाडौँबाट हेटौँडा आउने यातायातहरु पूर्णरुपमा प्रभावित भएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।