घटना

गोंगबुमा तेस्रो लिंगी मृत फेला, कारण खोज्दै प्रहरी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । गोंगबु, नयाँ बसपार्कमा शनिबार विहान भेटिएको वेवारिसे शव तेस्रो लिंगीको भएको निष्कर्षमा प्रहरी पुगेको छ । मृत्युको कारणबारे खोजी भइरहेको जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले जनाएका छन् ।

शनिबार विहान पौने ८ बजे तन्नाले बेरिएको अवस्थामा फेला परेको शव ‘तामाङनी’ भनी बोलाइने अन्दाजी वर्ष २४–२५ की एञ्जिला मगरको भएको भट्टराईले बताए ।

बिज्ञापन

सिन्धुपाल्चोक घर भएकी उनी बसपार्क, सामाखुशी क्षेत्रमा बसोबास गर्ने गरेकी थिइन् । साथीहरुको बीचबाट ८–१० दिनदेखि सम्पर्कमा नरहेकी उनको शनिबार विहान शव फेला परेको हो ।

प्रहरीलाई प्राप्त प्रारम्भिक जानकारीअनुसार मृतक मगर लागुऔषध दुव्र्यसनी थिइन् । के, कसरी उनको मृत्यु भयो वा कोही, कसैले हत्या गरेको हो वा होइन भन्नेबारे अनुसन्धान जारी रहेको एसपी भट्टराईले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।