धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद
लोक कल्याणकारी विज्ञापन

धनगढीः कैलालीको धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढी–२ ट्राफिक चौराहा र टीकापुर–९ सोनाफाटा स्थित सडक किनारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख २२ हजार ९ सय मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको हो।
बिज्ञापन

भन्सार छलीका चिनी, बिडी, सुर्ती, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
