नेपाल–भारत सीमा नजिक मध्यरातमा चल्यो गोली

बाराको पचरौतामा गोली चलेको छ। नेपाल–भारत सीमा क्षेत्रमा रहेको पचरौता नगरपाकालि– ६ चिकनी टोलमा नजिक गएराति करिव ११ बजे ९ राउण्ड गोली चलेको हो। मध्यरातमा भारतबाट तस्करी गरी नेपाल आउदै गरेको नम्बर नभएको ट्याकटरसहित तस्करहरुसँग जम्का भेट हुदाँ तस्करहरुले नपाल प्रहरीको टोलीतर्फ कटुवा बन्दुकले दुई राउण्ड गोली चलाएका थिए भने नेपाल प्रहरीले जवाफमा ७ राउण्ड गोली चलाएको थियो।
अचानक भएको आक्रमणपछि तत्कालै स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले सात राउण्ड जवाफी गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहले जानकारी दिए। उनले भने,‘प्रहरीको गस्ती टोलीमाथि तस्कर समूहले तयारीसहित आक्रमण गरेपछि प्रहरीलाई जवाफी कारबाही गर्नुपरेको हो।’

प्रहरीका अनुसार भारततर्फबाट नम्बर नभएको ट्र्याक्टरमार्फत मालसामान तस्करी गर्दै नेपालतर्फ प्रवेश गर्ने क्रममा तस्कर समूहको गस्तीमा खटिएको नेपाल प्रहरीले जम्काभेट भएको थियो। रातको करिब ११ बजेको समयमा भेट भएपछि तस्करहरूले एकाएक कटुवा बन्दुक निकाल्दै प्रहरी टोलीतर्फ दुई राउण्ड गोली प्रहार गरेका थिए।
तस्करले नेपाल भित्र्याउँदै गरेको ट्याक्टर भारततर्फ भगाउन सफल भएतापनि नेपाल प्रहरीले चार थान तस्करीले प्रयोग गरेको मोटरसाइकल बरामद गरेको छ। प्रहरीका अनुसार बिआर ०५ बिएल ४१५४, बिआर ०५ बि ६८६४, बिआर ०५ बिडी ९८२१ र बिआर ०५ एडब्ल्यू ०५०१ मोटरसाईकल र एक भारतिय नागरिक रंजित कुमारको सवारी चालक अनुमति पत्र समेतबरामत गरेको छ । यस्तै प्रहरीले ओप्पो र सामसुङ मोवाईल सहित उनीहरुले प्रयोग गरेका भारतीय र नेपालीका विभिन्न सिमसमेत बरामद गर्ज सफल भएको छ।
यी सबै सामग्री घटनास्थलमै गरिएको प्रारम्भिक अनुसन्धानपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलमै प्रारम्भिक अनुसन्धान गर्दै आवश्यक प्रमाण संकलन पूरा गरेको छ भने तस्कर समूहको खोजतलासलाई तीव्र पारेको छ। सीमावर्ती क्षेत्रमा बारम्बार तस्करीका घटना दोहोरिन थालेपछि प्रहरीको गस्ती र निगरानी थप कडा बनाइएको सिम्रौनगढ प्रहरीले जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
