सुदूरपश्चिम प्रदेश

कैलालीका औषधी ब्यबसायी पनि आन्दोलित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी /काठमाण्डौमा गत मंसिर २ गतेबाट आन्दोलन सुरु गरेको औषधि व्यवसायीहरूले सरकारविरुद्ध धनगढीमा पनि प्रदर्शन गरेका छन । गत मंगलबार काठमाडौंको बिजुलीबजारस्थित औषधि व्यवस्था विभागको कार्यालयमा पुगेर संशोधित औषधि ऐनमा राखिएको दण्ड, जरिबाना र संस्था खारेजी सम्बन्धी प्रावधान तत्काल खारेज गर्न माग गर्दै आन्दोलन सुरु गरेका हुन् ।

संस्थाको नवीकरण एक महिनाभित्र नगरे स्वतः खारेज हुने लगायतका प्रावधान संविधानको समेत बर्खिलापमा आएकाले आफूहरूले त्यसको खारेजीको माग गर्दै आन्दोलनमा उत्रनु परेको नेपाल औषधि व्यवसायी संघ कैलालीका अध्यक्ष प्रेम राज बुढाक्षेत्रीले बताए । उनले आफुहरुको माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रने बताए ।

बिज्ञापन

औषधि ऐन, २०३५ लाई संशोधन गरेर बनेको ऐनमा एक महिनाभित्र संस्था नवीकरण नगरे स्वतः खारेज हुने व्यवस्था गरिएको छ । त्यसप्रति ब्यबसयीहरुको आपत्ति जनाएका हुन ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।