२८ पुसभित्र कांग्रेस महाधिवेशन हुनेमा नेताहरूको आशंका

नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधर नेताहरूले २८ पुसभित्र महाधिवेशन सम्पन्न हुनेमा शंका व्यक्त गरेका छन्। साेमबार संयुक्त धारणा सार्वजनिक गर्दै नेताहरूले तोकिएको मितिमा नियमित महाधिवेशन नभए विशेष महाधिवेनका लागि तयार रहन अपिल गरेका हुन्।
१५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक हुनु सकारात्मक उपलब्धि भएको उल्लेख गर्दै नेताहरूले भनेका छन्, ‘यो घोषणा विशेष महाधिवेशनलाई निस्तेज पार्न गरिएको हो? वा वास्तवमै महाधिवेशन गर्न खोजिएको हो? समय क्रमले नै जवाफ दिनेछ।’

केन्द्रीय समितिले प्रस्ताव गरेको कार्यतालिकालाई नेताहरूले अव्यावहारिक र अवैज्ञानिक भनेका छन्। पुस २८ मा महाधिवेशन सम्पन्न हुने मिति तोकिँदा माघ मसान्तसम्म केन्द्रीय समितिको समयावधि थप्नुले पनि अधिवेशन समयमै सम्पन्न हुँदैन भन्ने संसयलाई आधार दिएको उनीहरूकाे तर्क छ।
कुनै पनि बहानामा अधिवेशनका श्रृंखला अवरुद्ध गरिए असोज २९ मा दर्ता गरिएको विशेष महाधिवेशनको प्रस्ताव विधानबमोजिम पूर्ण रूपमा कार्यान्वयन योग्य रहेको स्मरण गराउँदै विज्ञप्तीमा भनिएको छ, ‘यदि उक्त समयमा महाधिवेशन सम्पन्न नभएमा विशेष महाधिवेशनको लागि तयार रहनसमेत हार्दिकतापूर्वक आह्वान गर्न चाहन्छौँ।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
