राजनीति

रामारोशनका कर्मचारीको चरित्र ह,त्या गर्ने रास्वपा नेता बटाला पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अछाम क्षेत्र नं. १ का क्षेत्रीय सभापति भरत चन्द बटालालाई प्रहरीले पक्राउ गरेको छ ।

रास्वपा अछामको विस्तारित बैठक सकिएको केही समयमै बटालालाई प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि आइतबार उनलाई पक्राउ गरिएको हो ।

उनले पटक पटक रामारोशन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीसहित कर्मचारीहरूको चरित्र हत्या गरेका थिए । उनले सामाजिक सञ्जालमा मनलाग्दी स्टाटस लेखेर गाउँपालिकाका कर्मचारीलाई हैरानी दिएका थिए ।

उनलाई पटक पटक सम्झाउँदा पनि चरित्रहत्या गर्न नछाडेपछि अधिकृत भण्डारीले काठमाडौँ नै पुगेर सिआइबीमा उजुरीमा दिएका थिए ।

प्रहरी हिरासतमा रहेका बटालालाई भोलि जिल्ला अदालत अछाममा उपस्थित गराइने प्रहरीले जनाएको छ ।

सा. मकालु समाचार

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।