सुदूरपश्चिम प्रदेश

बैतडीको पुर्चौंडीमा भीरबाट लडेर एक महिलाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बैतडी, २१ मंसिर  /  बैतडीको पुर्चौंडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२ बन्तोलीकी २७ बर्षीया मञ्जु कामी रहेकी छन् ।

शनिबार बिहान ९ बजेतिर घरबाट खर ल्याउनका लागि वनमा गएकी कामी जंगली बँदेलदेखेपछि भागेकी थिइन् । भाग्ने क्रममा भीरबाट लडेर मञ्जुको ज्यान गएको स्थानीय समेत रहेका शिक्षक नवराज जोशीले बताए ।

बिज्ञापन

खरघाँस ल्याउन मृतकका छोरासमेत सँगै गएका थिए । उनी अर्कोतर्फ भागेकाले सकुशल रहेका बताइएको छ । मृतक मञ्जुको घरमा तीन छोरी र एक छोरा रहेका छन् । मृतकका श्रीमान रोजगारीको सिलसिलामा भारतको बेङ्गलोरमा रहेका बताइएको छ ।

कलिलो उमेरमै मञ्जुको मृत्यु भएपछि उनको घरपरिवार विचल्लीमा परेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।