सामुदायिक सेवा केन्द्र टीकापुरद्वारा टीकापुर अस्पतालको सरसफाई

टिकापुर । सामुदायिक सेवा केन्द्र टिकापुरले नयाँ निर्वाचित पाँचौं कार्यसमिति आफ्नो कार्यकालको सुरुवात टीकापुर अस्पतालको सरसफाई गरेर प्रारम्भ गरेको छ ।
कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष ताराप्रसाद अधिकारीले आफ्नो कार्यकालको सुरुवात नागरिकको जीवनसँग जोडिएको स्वास्थ्य र सरसफाई क्षेत्र टीकापुर अस्पतालको परिसर सरसफाई गरेर कार्यकालको सुरुवात भएको बताउनुभएको छ । उहाँले आगामी दिनमा प्रशासनसँगको समन्वय गरी नागरिकको शान्ति सुरक्षाका लागि वार्षिक कार्य योजना बनाएर काम गर्ने प्रतिबद्धता गर्नुभयो ।
निवर्तमान अध्यक्ष हरि तिमिल्सिनाले नयाँ कार्य समितिको सुरुवात स्वास्थ्य क्षेत्रको सरसफाईबाटै सुरु हुनु राम्रो कार्य भएको बताउदै, विभिन्न जनचेतनामूलक कार्यक्रमहरुलाई निरन्तरता दिन सामुदायिक सेवा केन्द्र टीकापुरलाई अनुरोध गर्नुभयो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
