घटना

कमला नहर छेउको झाडीमा भेटियो बालिकाको शव

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सिरहा। सिरहाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित कमला नहर छेउको झाडीमा हत्या गरी फालिएको अवस्थामा बालिकाको शव फेला परेको छ । कर्जन्हा नगरपालिका–१ बल्टियाका गाउँका सूर्यनाथ वैद्य (मुसहरु)की काहिँली छोरी करिब १७ वर्षीया अविना दनुवार (काली) को शव हत्या गरी फालिएको अवस्थामा सोमबार अपरान्ह नेपाल राष्ट्रिय फूलकसमारी माविको दक्षिणपट्टिको झाडीमा भेटिएको प्रहरीले जनाएको छ ।

शव भेटिएलगत्तै इलाका प्रहरी कार्यालय मिर्चैया र मधेश प्रदेश प्रहरी कार्यालयबाट कुकुरसहित आएको टोली घटनास्थलमा परिचालन भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

बिज्ञापन

सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार घटनामा संलग्न रहेको आशंकामा पाँच युवालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ । ‘घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको जस्तो देखिन्छ,’ उनले भने ‘स्थानीय स्तरमा त्यति राम्रो छवि नभएका युवाहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो,’ उनले भने, ‘सोधपुछ गरिरहेका छौं, संलग्नता रहे नरहेको खुलेपछि के गर्ने भन्ने यकिन हुन्छ ।’ 

प्रहरीले उनीहरूको नाम खुलाएको छैन । उनका अनुसार शवको पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । मृतक दनुवारको शरीरका विभिन्न भागमा घाउचोट रहेको र शव भेटिएकोभन्दा करिब ५० मिटर पर उनले लगाएको कपडा र जुत्ता फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार शव अर्धनग्न अवस्थामा रहेको र बलात्कारपछि हत्या भएको हुन सक्छ । प्रहरीले भने पोष्टमार्टम रिपोर्ट आएपछि यकिन हुने जनाएको छ । 

को हुन् अविना ? 
स्थानीयस्तरमा क्रिकेट खेलाडीको रुपमा रहैकी अविना सूर्यनाथकी कान्छी श्रीमतीपट्टिकी काहिँली छोरी हुन् । बन्दीपुरस्थित फूलकुमारी माविमा कक्षा ९ मा अध्ययनरत उनी आइतबार राति करिब साढे ८ बजेतिर आमालाई बन्दीपुरमा बनाउन दिएको मोबाइल लिन जान्छु भन्दै घरबाट निस्किएको आफूले सुनेको बल्टिया गाउँमै घर रहेका कर्जन्हा–१ का वडाध्यक्ष फणिन्द्रप्रसाद पोखरेलले बताए । 

उनका अनुसार राति अबेरसम्म घर नफर्किएपछि जेठी आमापट्टिका दाजुभाईसहित आफन्त र गाउँलेहरूले बन्दीपुरसम्म खोज्दा पनि भेटेका थिएनन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।